२०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य



ललितपुर एक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो । यहाँ पर्यटनको लागि घुम्ने स्थानहरु धेरै छन् । यस जिल्लामा घुम्नको लागि नजिको स्थल भनेको गोदावरी पार्क हो । यसका अलवा लाकुरी भन्ज्याङ बाट विहान को उदाउदो सूर्य तथा साझँको अस्ताउदो सूर्यको दृश्य हेर्ने सकिन्छ ।

काठमाडौँ उपत्यकाको भ्यू हेर्नको लागि यस स्थानमा टावर निमार्ण गरिएको छ । अर्को पर्यटकीय स्थल हो फुल्चोकीको डाडाँ यहाँबाट पनि दृश्यावलोकन गर्न सकिन्छ । विशेष रुपमा यो ललितपुरको सबैभन्दा अग्लो स्थान हो । यहाँ भ्यु टावर नभएपनि उपत्यकाको र हिमशृंखलाको राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

यस्तै अर्को पर्यटकीय स्थल हो नल्लुको लभडाँडा र पाथीभराबाट पनि काठमाडौं उपत्यकाका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यस्तै, दलचोकी अर्को यस्तो स्थान हो, जहाँबाट उत्तरतर्फ लहरै हिमशृंखला देख्न सकिन्छ । काठमाडौं उपत्यकाको दृश्यपान गर्न सकिने यस स्थानबाट दक्षिणतर्फ तराईको रौतहटदेखि वीरगन्जसम्म देख्न सकिन्छ । यो ललितपुरको सबैभन्दा उपयुक्त दृश्यावलोकन स्थल हो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी