हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु



विशेष रुपमा हाइकिङ शारीरिक कसरत र रमाइलोका लागि गरिने गरिन्छ । शहरको धुवाँ–धूलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाउन धेरै जसो मानिसहरु हाइकिङमा जाने गर्दछन् । हाइकिङ गर्दा उकालो–ओरालो गर्नु अनिर्वाय हो यसले स्वास्थ्यलाई बढी फाईदा पुयाउछ। हाइकिङ गर्दा नयाँ ठाउँ, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा थाहा पाइन्छ । शरिरमा रक्तसञ्चार गर्नको लागि भए पनि दैनिक वा दैनिक हिँड्न नभ्याउनेहरूले कम्तीमा महिनाको एकचोटि हाइकिङमा जाँदा राम्रो हुन्छ ।

हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
१. हाइकिङ गर्दा सर्वप्रथम नयाँ तथा सुरक्षित ठाउँको खोजि गर्नु पर्दछ ।
२. धेरै जसो हाइकिङ समूहमा गर्ने गरिन्छ यसमा सबैको रुचिलाई ख्याल गर्नुपर्दछ ।
३. हाइकिङ गर्दा भूगोल र मौसमअनुसारको तयारी गर्नु पर्दछ ।
४. हाइकिङमा जाँदा सन ग्लास, तौलिया, क्याप, सन प्रोटेक्सन क्रिम तथा बस्नको लागि म्याट लैजानु पर्दछ ।
५. आफुलाई सहज रुपमा हिड्नको लागि हल्का खालका जुत्ता र पोसाक लैजानु पर्दछ ।
६. खानेपानी, हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री, म्याप, लठ्ठी, क्यामेरा आदि हाइकिङका लागि अनिर्वाय चिज हो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी