कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने



नेपालगन्जमा आन्तिरक तथा वाह्य पर्यटको आवागमन बढाउन   कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने भएको छ । शनिवार होटल ब्यवसायी संघ बाँके ,मदिरा ब्यवसायी संघ बाँके र नेपालगंज वितरक संघको सयुक्त बैठकले कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्ज खाना महोत्सव गर्ने निर्णय गरेको छ ।

बैठकले होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेलको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सल्लाहकारमा भास्कर काफ्ले र विष्नु लामिछाने रहनुभएको छ ।

समितिको सदस्समा अमित बस्नेत ,राजेस श्रेष्ठ राम बहादुर लिम्बु ,रङ्ग बहादुर खड्का ,मिम बहादुर सिंह ,हरिलाल न्योपाने रहनुभएको होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेले बताउनुभयो । महोत्सवले नेपालगन्जको पर्यटन प्रवद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • तराईका हावाहुरी पीडितलाई टानको १ लाख ४४ हजार सहयोग
  • सगरमाथा सफाइका लागि उठ्यो सवा दुई करोड
  • सन् २०१९ मा एयरलाइन्सको कम्पनीहरुको मुनाफा घट्ने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी