आन्तरिक पर्यटन मेला भोलिदेखि , पर्यटन बजारमा चर्चा परिचर्चा



डोमेस्टिक टुरिजम मार्ट (डीटीएम)को मिति नजिकिदै जाँदा पर्यटन बजार तात्तिएको छ । नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (अप्रिल २६ र २७)का दिन आयोजना गर्न लागिएको डीटीएम २०१९ को चर्चा परिचर्चाले पर्यटन बजार तात्तिएको हो ।
डीटीएमको अन्तिम तयारीबारे जानकारी दिन मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा बोल्ने वक्ताहरुले यसको सफलता र असफलताले सिंगो मुलुककै पर्यटनलाई असर पर्ने भएकाले यसलाई सफल बनाउनु सबै लाग्नुको विकल्प नरहेको बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले डीटिएम असफल भए सिंगो मुलुककै पर्यटन क्षेत्रलाई नकारात्मक असर पर्ने भन्दै यसको सफलताका लागि कुनैपनि कसर बाँकी नराखी पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
‘यो निजी क्षेत्रको प्रतिनिधित्व गदै गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रम हो’ महतले भन्नुभयो ‘तर अब यो गन्तव्य नेपालको मात्रै भएन, यो असफल भयो भने सिंगो हाम्रो पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुन्छ । र सफल भयो भने यसले भ्रमण वर्ष २०२० र समग्र पर्यटन क्षेत्रलाई थप उचाई दिन्छ । त्यसैले अब यो वा त्यो नभनी सबैले आआफ्नो ठाँउबाट डीटीएम सफल बनाउनका लागि भूमिका निर्वाह गर्नुपर्दछ ।’
विगतमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिएर मेला आयोजना गरिएको स्मरण गर्दै उहाँले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि प्राप्त हुने प्रतिफलका हिसाबले डीटीएमको भूमिका कम नहुने बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले डिटीएम नेपालको आन्तरीक पर्यटन प्रवद्र्धनको एउटा महत्वपुर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्दै यसलाई बार्षिक क्यालेन्डरका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का पूर्व अध्यक्ष डिबी लिम्बु, गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालका पूर्व अध्यक्ष तथा डिटिएम सद्भावना दुत कमल सापकोटा, टानको पूर्व कोषाध्यक्ष तथा डिटीएम सद्भावना दुत गोपालबाबु श्रेष्ठ लगायतले नेपाली पर्यटनमा जागरण ल्याउन डीटीएमको आवश्यक्ता रहेको औल्याउँदै यसलाई नयाँ गन्तव्य र पर्यटकीय गतिविधिहरुको उजागर गर्ने माध्यमको रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र देश चिनाउने मुख्य उद्देश्यका साथ एकै ठाँउबाट देशको सान झल्काउनका लागि डीटीएम आयोजना गरिएकोले आम नागरिकलाई सहभागिताका लागि आह्वान गर्नुभयो । गन्तव्य नेपालले आयोजना गरेपनि समग्रमा मुलुकको पर्यटन क्षेत्रलाई महत्वपूर्ण योगदान पुग्ने भएकाले यसलाई साझा अभियानको रुपमा बुझिदिन पनि अनुरोध गर्नुभयो ।

डीटीएमका संयोजक माधवप्रकाश सुवेदीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै सरकारसँग हातेमालो गर्दै मेला सफल बनाउने बताउनुभयो ।

‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको डीटीएमको प्रमुख प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ भने सह आयोजकका रुपमा रेडन कलेज, सामाखुशी तथा कम्यूनिकेशन पार्टनरमा नेपाल टेलिकम (एनटीसी) रहेको छ । त्यस्तै मुख्य प्रायोजकको रुपमा हाईवे स्टार टुर्स तथा अर्गनाइजिङ पार्टनरको रुपमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) एवं छायाँ सेन्टर ठमेल रहेको छ र सबै पर्यटकीय संघसंस्थाहरुलाई प्रवद्र्धक संस्थाको रुपमा राखिएको छ ।

डीटीएम सफल पार्नका लागि पर्यटन व्यवसायीहरु बलराम न्यौपाने, हरि धरेल, राजेन्द्र प्रसाद सापकोटा, कमल सापकोटा, कुल बहादुर गुरुङ, गोपाल बाबु श्रेष्ठ र फुर्वा ग्याल्जेन शेर्पालाई डीटीएम सद्भावना दूत तथा शैक्षिक क्षेत्रको प्रतिनिधित्व गराउँदै राजेन्द्र त्रिपाठीलाई डीटीएम ब्राण्ड एम्बास्डरको रुपमा मनोनित गरिएको छ भने रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको संयोजकत्वमा विकास लोहनी र नारायण उपाध्याय सहसंयोजक रहेको १०१ सदस्यीय डीटीएम मिडिया कमिटी, पत्रकार प्रकाश खालिङको संयोजकत्वमा डीटीएम प्रचार प्रसार समिति, रविन प्रसाद थपलियाँको संयोजकत्वमा डीटीएम जनसम्पर्क समिति र तिर्सना गिरीको संयोजकत्वमा स्वयंसेवक विभाग गठन गरी आन्तरिक व्यवस्थापनलाई चुस्त रुपमा अघि बढाइएको छ ।

यो समाचार तयार पार्दासम्म डीटीएमका लागि ७७ वटै जिल्लाबाट १११ वटा व्यवसायिक तथा फुड स्टलहरु बुकिङ भइसकेको छ । आयोजककाअनुसार बुकिङ भएका स्टलहरुमा पर्यटन सेवा प्रदायक टे«किङ, ट्राभल, एयरलाइन्स, काठमाडौं तथा मोफसलका होटल, होमस्टे, रिसोर्ट, पर्यटक यातायात, हस्तकलाका सामाग्री, जिपफ्लायर, प्याराग्लाइडिङ, टुरिजम शैक्षिक कलेज, नयाँ पर्यटकीय गतिविधि, केवलकार, सूचना प्रविधि, ७ वटै प्रदेशको विभिन्न स्वादका परिकारयुक्त फुड स्टलहरुको प्रतिनिधित्व रहेको छ ।

त्यसको अलावा यस कार्यक्रमको आकर्षणका रुपमा विभिन्न जातिहरुको सांस्कृतिक झाँकीसहितको प्रदर्शनी तथा राष्ट्रिय कला संस्कृति झल्काउने नृत्य, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरी गीतलगायतको मनोरञ्जनात्मक प्रस्तुतिहरुसमेत रहने छन् । यस मेलाको करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी