सुदुरपश्चिम प्रदेशका उत्कृष्ट १० पर्यटकीय गन्तव्यहरु



दार्चुलाको अपी हिमाल

दार्चुलाको अपी हिमाल – फाेटाे गुगल

दार्चुलको अपी हिमाल सुदुर पश्चिम प्रदेशको एक पर्यटकीय गन्तव्य हो । समुन्द्र सहतबाट ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपी हिमाल आन्तरिक तथा वाह्य पर्यटको लागि उत्कृष्ट पर्यटकीय गन्तव्य हो । दुरिको हिसावले टाढा भए पनि हिमाल वाहेक हेर्ने पर्यटकीय स्थलहरु धेरैनै छन् । दार्चुला जिल्लामा सेतो हिउँ ओढेर निलो गगन छुन लालायित अपी हिमाल पर्यटक पर्खिरहेको छ । अपी हिमालसँगै यहा विभिन्न सहायक हिमश्रृङ्खलाहरु पनि छन् । हरिया फाँटहरु, नदीनाला, झर्ना, हिउँ पग्लेर बनेका तालहरु यस क्षेत्रका हेर्नलायक ठाउँहरु हुन् ।

खप्तड

बझाङकाे खप्तड – फाेटाे गुगल

बझाङ जिल्लामा अवस्थित खप्तड एक आर्मिक तथा पर्यटकीय स्थल हो । यस ठाउँका विशाल फाँटहरुले पर्यटकको मन लोभ्याउने गर्दछ । अझ हिँउदमा सेताम्य हिउँले फाँटहरुलाई ढपक्क ढाकेको दृश्यले मनमोहक बनाउछ । बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलमा पर्छ खप्तड राष्ट्रिय निकुन्ज । यस निकुञ्जमा नेपालमा पाईने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी पाईन्छ । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरु रहेका छन् । यो ठाउँमा पुग्नको लागि काठमाडौंदेखि धनगढी सम्म बसको यात्रा तथा हवाईको यात्रा गरेर पुग्न सकिन्छ । धनगढीदेखि डोटीको सिलगढीसम्म पुग्न बसमा ८ घण्टामा गाडिको यात्रा गर्नु पर्दछ । र त्यहाँबाट दुई दिनको पैदल यात्रा पछि मात्र राष्ट्रिय निकुन्ज हुदै त्रिवेणी मन्दिर पुगिन्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज – फाेटाे गुगल

विश्वकै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य हो । आफ्नै आँखा अगाडि दुर्लभ बाह्रसिङ्गो देख्न सकिन्छ । नेपालै ठूलो घाँसे मैदान पनि यसै ठाउँमा रहेको छ । यस निकुञ्जमा जैविक विविधता, बाघ, गैँडा, हात्ती, चित्तललगायतका वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गी देख्न सकिन्छ । यो ठाउँ देखि छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली दूरीका हिसाबले नजिक रहेको छ ।

डडेल्धुराको उग्रतारा

डडेल्धुरा जिल्लाको उग्रतारा- फाेटाे गुगल

धार्मिक पर्यटनको आस्थाको केन्द्र हो डडेल्धुरा जिल्लाको उग्रतारा । अग्लो विशाल, रमणीय स्थानमा अवस्थित उग्रतारा माता मन्दिर सुदूरकै सबैभन्दा ठूलो शक्तिपिठ हो । प्यागोडा शैलीमा निर्माण भएको मन्दिरमा कात्तिक शुक्ल पुर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ । अमरगढी नगरपालिकाको बागबजारबाट करिब ५ किलोमिटर टाढा तथा बैतडी राजमार्गको पश्चिमतिरको अग्लो डाडाँमा अवस्थित छ मन्दिर ।

कैलालीको टिकापुर पार्क

कैलालीको टिकापुर पार्क – फाेटाे गुगल

कैलालीको टिकापुर पार्क नेपालकै ठूलो पार्क मध्येको एक हो । दक्षिण पुर्वमा अवस्थित टिकापुर पार्क करिब ९ विघा क्षेत्रफलमा बनेको छ । यो पार्क राजा महेन्द्रका पालाका स्थापना भएको हो । यो पार्क बृहत उद्यान नामले चिनिने गरेको छ । पार्क भित्र शान्त विश्राम स्थल, आकर्षक पानीका फोहराहरु, विभिन्न प्रजातिका फूलहरु रहेका छन् । पार्क घुम्न आउनेले विभिन्न प्रजातिका बोटबिरुवा सहजै देख्न पाउँछन् । पार्क नजिकै कर्णाली नदी आफ्नै वेगमा बगिरहेको छ । यो पर्क घुम्ने उपयुक्त समय कात्तिक र मंसिर हो ।

दोधारा चाँदनी झोलुङ्गे पुल 

कञ्चपुरकाे दोधारा चाँदनी झोलुङ्गे पुल – फाेटाे गुगल

नेपालकै सबै भन्दा लामो झोलुङ्गे पुल हो दोधारा चाँदनी झोलुङ्गे पुल । यो पुल हेर्न तथा यस पुलको ेटो खिच्न र महाकाली नदीमा पौडी खेल्न जाने जोकेही पनि उत्साहित हुने हुन्छन् । १ हजार ४ सय ५२ मिटर लम्बाइ रहेको यो पुल कञ्चपुर जिल्लास्थित महाकाली नदीमा अवस्थित छ । यो पुल हेर्न सहजै गाडि पाईन्छ ।

कैलालीकाे घोडाघोडी ताल

कैलालीकाे घोडाघोडी ताल- फाेटाे गुगल

विश्व रामसार सूचीमा सूचीकृत सुदूरपश्मि प्रदेशको एक महत्वपूर्ण सम्पदाको रुपमा परिचित छ घोडाघोडी ताल । कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा अवस्थित यो ताल प्राकृतिक र धार्मिक मूल्य मान्यता बोकेको ताल हो । यहाँ दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको बासस्थान रहेका छन् । यस तालमा बनभोज स्थल, शैक्षिक भम्रणलगायत प्रयोजकका लागि आन्तरिक र बाह्य पर्यटकहरू पुग्ने गर्दछन् । यस क्षेत्रमा रहेको शिवालय लगायतका धार्मिक मठमन्दिरमा माघे सङ्क्रान्ति तथा शिवरात्रीका दिन विशेष पूजाआजा हुनुका साथै मेला लाग्ने गर्दछ । करिब १ सय ३८ हेक्टर क्षेत्रफलमा रहेको घोडाघोडी ताल ४ मिटरसम्म गहिरो रहेको छ । भने ताल वरपरको संरक्षित भू–भागे झन्डै दुई हजार ५ सय ६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

बाजुराको बडिमालिका

बाजुराको बडिमालिका- फाेटाे गुगल

बडिमालिका मन्दिर धार्मिक पर्यटकीय स्थल हो । बाजुराको कैलाशमान्डुमा रहेको बडिमालिका वास्तवमै अनुमप र सुन्दर स्थल हो । समुद्री सतहदेखि झन्डै ४ हजार ३०० मिटर उचाइमा रहेको बडिमालिका क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन विशेष मेला लाग्ने गर्दछ । धार्मिक पर्यटनको विशेष सम्भावना रहेको यस क्षेत्रमा काठमाडौैंबाट हवाईमार्ग, सडक मार्ग भएर पुग्न सकिन्छ ।

कर्णली पुल

बर्दिया र कैलाली जिल्ला जोड्ने कर्णाली पुल- फाेटाे गुगल

बर्दिया र कैलाली जिल्ला जोड्ने कर्णाली पुल पर्यटकको गन्तव्य हो । ५ सय मिटर लम्बाई र १० मिटर चौडाई रहेको यो पुलको बिच भागमा एउटा मात्र खम्बा रहेको छ । यो पुलको निमार्णा जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो । यो पुलाको बीच भागमा ठडिएको एउटा पिलर (खम्बा)मा स्टिलका तारहरु बाँधेर अडाईएको छ । यो ठाउँमा विशेष रुपमा कर्णाली नदीमा पाईने माछा खान पाईन्छ । स्वच्छ, सललल बगिरहने सफा पानी, नदीको मनोहर दृश्यले जो केहिको मन पनि लोभ्याउछ । यस ठाउँमा पुग्नेहरु सुन्दर दृश्यलाई पृष्टभूमिमा राखी सेल्फी खिच्ने गर्दछन् । यस ठाउँमा पुग्न सहज रुपमा गाडि पाईन्छ ।

रामारोसन ताल

अछामकाे रामारोसन ताल- फाेटाे गुगल

रामारोशन भने पछि नसुन्ने कमै होलान । ‘बाह्र बण्ड अठार खण्ड’ नामले चिनिने सुदूरपश्चिम प्रदेशको एक पर्यटकीय स्थल हो रामारोशन । यस ठाउँमा उच्च लेकाली भेग, र तिभेगमा वसन्तका पालुवासँगै अग्ला पहाडका चुचुरा र घना जंगलका बीचमा विभिन्न आकृतिका १२ वटा ताल र १८ वटा घाँसे मैदान ले मन नै चन्चल बनाउछ । यस ठाउँमा घुम्ने समय भनेको फागुनदेखि असारसम्म हो । यो समय सन्तुलित वातावरण र हेर्नका लागि राम्रो मौसम हुन्छ । यो ठाउँमा ९ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । रामारोशन क्षेत्रका १२ तालमध्ये सबैभन्दा ठूलो ताल जिंगाले ताल हो । यो ताल पूरै घुम्न तीन–चार घण्टा लाग्छ । ठूला मैदानको बीच भाग भएर बग्ने कैलाश नदीले अझ यहाँको सुन्दरतालाई उचाइ दिएको छ । रामारोशन पुग्नका लागि धनगढीदेखि दिपायल हँुदै अछामको जयगढ र त्यहाँबाट जीप, मोटरसाइकल र ट्याक्टरहरू प्रयोग गरेर रामारोशन पुग्न सकिन्छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी