“पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्छ”



प्रदिप गौतम
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवासयी संघ बाराले आयोजना गरेको पर्यटन विकास सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो । पर्यटन प्रवद्र्धनमार्फत प्रदेश सरकारको विकास गर्न सकिनेभन्दै उहाले गुरु योजना बनाएर अघि बढ्न मातहतका निकायलाई आग्रह गर्नुभयो । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बिषयमा प्रदेश सरकार गंभिर रहेकोभन्दै उहाले आवश्यक सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो ।

कृषि, पर्यटन र उद्योगको क्षेत्रमा प्रदेश नम्बर २ अन्य प्रदेशको तुलनामा अघि रहेकोभन्दै उहाले पर्यटन विकासको निम्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का भौतिक पुवार्धार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नम्बर २ पर्यटनको क्षेत्रमा निकै सम्भावना बोकेको प्रदेश भएको बताउनुभयो । पर्यटन विकासमार्फत समग्र प्रदेश नम्बर २ को विकासमा अग्रसर हुन सकिनेभन्दै उहाले एक भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा प्रदेश नम्बर २ का प्रमुख सचेतक समेत रहनुभएका बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्न प्रदेश सरकार गंभिर हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा राजपाका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य सिता गुरुङ्ग, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु ज्वाला साह, सारदा शंकर साह, महमद समिर, सरिता साह, निरा कुमारी साह, अञ्जु यादव, बाबुलाल साह, बच्चा राउत, होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहाकार राजन पौडेल, होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का अध्यक्ष हिरा गौतम, जीतपुरसिमरा उप–महानगरपालिकाका प्रशासकीय अधिकृत शिवराज सेढाई, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जको बारेमा प्रमुख संरक्षण अधिकृत अमिर महर्जन, दोश्रो अन्तराष्ट्रिय बिमानस्थलको बारेमा आयोजना प्रमुख ओम शर्मा र समग्र पर्यटन क्षेत्रको अवस्था, सम्भावना र चुनौतीका बिषयमा बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले प्रस्तुतीकरण दिनुभएको थियो । प्रस्तुतीकरण पछि आयोजित खुल्ला अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले बिशेष योजनाका साथ पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्दु बनाएर प्रदेश नम्बर २ को पर्यटन प्रवद्र्धन गर्न सकिने सुझाव दिएका थिए ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका सदस्य प्रकाश लम्सालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले पर्यटन प्रवद्र्धन गर्ने बिषयमा प्रदेश सरकार गंभिर नभएसम्म निजि क्षेत्रले लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । योजना अनुरुप प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्नुपर्नेभन्दै उहाले प्रदेश सरकार बिशेष रुपमा लाग्नुपर्ने बताउनुभयो ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी