२०७८ असार १९, शनिबार | २०८१ मंसिर ९ | ourtourismnews@gmail.com

बाराका सबै होटल तथा व्यवसाय आईतबारदेखि खुल्ने

२०७८ असार १९, शनिबार

कोरोना महामारीका कारण दुई महिना देखि बन्द रहेका बाराका सबै व्ययापार व्यवसाय आईतबारदेखि खुल्ने भएका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति र डीसीसीएमसीको शुक्रबार बसेको बैठकले सबै प्रकारका पेशा व्यवसाय तथा पसलहरु भौतिक दूरी कायम गर्ने र स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्ने गरी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले जिल्ला भित्र मात्र चल्ने गरि निजी तथा सार्वजनिक सवारी साधन जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका सवारी साधन स्वीकृत स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै बैठकले स्वीकृत स्वास्थ्य मापदण्ड पानना गदै रेष्टुरेन्ट हरुले Take Away सेवा बिहान ६ बजे देखि साझ ६ बजे सम्म सञ्चालन गर्न दिने र एक परिवारका सदस्यको हकमा बाहेक एक कोठामा १ जना मात्र रहने गरी होटलको बेड क्षमताको ५० प्रतिशत अकुपेन्सी रहने गरी आवाशीय, लज र पार्टी प्यालेस सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

गत सोमबार होटल तथा पर्यटन व्यवसायी संघ बाराले कोभिड १९ माहामारीका कारण गरिएको लकडाउनले सबैभन्दा बढी असर होटल तथा पर्यटन व्यवसायमा परेको भन्दै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको थियो । संघका अध्यक्ष मोहन शर्मा लामीछाने नेतृत्वमा संस्थाको पदाधिकारी सहितको टोलिले बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल समक्ष सरकारले तोकेको मापदण्ड पूरा गरी एवं स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गदै ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख