
विदेशी पर्यटकले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान खारेज भएको छ ।
अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने अनअराइभलभिसाका लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको जनाएको छ ।
केही दिनअघि विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगद २०० अमेरिकी डलर साथमा बोकेर आउन आग्रह गरेको थियो ।
उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ ।