२०७९ चैत्र २८, मंगलवार | २०८१ मंसिर ९ | ourtourismnews@gmail.com

पर्यटकको आगमन बढाउन वीरगंजमा ३ दिने रात्रि बजार लाग्ने, नाका चौबिसै घण्टा खुल्ने

२०७९ चैत्र २८, मंगलवार

नयाँ वर्षको अवसर पारेर वीरगंज महानगरपालिकाले पर्यटकको आगमन बढाउदै बजार चलायमान बनाउन ३ दिन रात्रि बजार लगाउने भएको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत चैत ३० गते देखि बैशाख २ गतेसम्म बजार चलायमान बनाउन रात्रि बजार लगाउन लागिएको मेयर राजेशमान सिंहले बताउनुभयो ।

सिंहले रात्रि बजार अवधिभर नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएको भन्दै उनले यसले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने बताउनुभयो।

३ दिन सम्म चल्ने रात्रि बजार आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने छ । रात्रीबजारमा १०० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख