२०७७ माघ ४, आईतवार | २०८१ चैत्र ८ | [email protected]

अथिति सत्कार होमस्टेमा कोरोना प्रभाब बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७७ माघ ४, आईतवार

होमस्टे एशोसिएसन नेपाल गण्डकी प्रदेशको आयोजना तथा उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्रालय गण्डकी प्रदेश र बाग्लुङ्ग उद्योग बाणिज्य संघको आर्थिक सहयोगमा बागलुङ्ग नगरपालिका १० अथिति सत्कार सामुदायिक होमस्टे भकुण्डेमा होमस्टेमा कोरोनाको प्रभाब बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भ्रमण बर्ष संयोजक तथा होसानका सल्लाहकार जुद्ध बहादुर गुरुङ्गले होमस्टेको बिकास को इतिहास बताउदै राष्ट्र समृद्धि को यात्रा होमस्टे को विकास बाट मात्र सम्भव हुने वताउनुभयो । पर्यटन माहाशाखाका प्रमुख डिल्ली राम रिजालले होमस्टेमा प्रदेश सरकार ले लगानी खेर जान नदिन होसानको महत्त्वपुर्ण योगदान हुने कुरा वताउनु भयो ।

कार्यक्रममा होसानका केन्द्रिय महासचिव प्रेम शंकर मर्दनियाले स्थानीय सरकारले होमस्टे लाई सक्दो सहयोग गर्ने बताउदै उच्च सावधानी का साथ होमस्टे हरू संञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा होसान केन्द्रीय सदस्य उर्मिला गुरुङ्‌ र होसान जिल्ला कमिटी बाग्‌लुङ्गका अध्यक्ष खेम बहादुर थापा मगरले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

गण्डकी प्रदेश का १० जिल्लाका होसान जिल्ला अध्यक्ष , तथा केन्द्रीय सदस्यहरु समेतको उपस्थिती रहेको उक्त कार्यक्रम होशान गण्डकी प्रदेश अध्यक्ष हरिलाल पौडयाल को अध्यक्षतामा भएको थियो भने कार्यक्रम मा स्वागत मन्तब्य माहासचिव धनी राम गुरौ तथा संचालन सचिव कृष्ण प्रसाद तिमिल्सिना ले गर्नु भएको होसान स्याङ्जाका अध्यक्ष मोहन खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख