२०७७ पुष २५, शनिबार | २०८१ फाल्गुन ७ | [email protected]

लुम्बिनी प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरु

२०७७ पुष २५, शनिबार

पर्यटकीय हिसाबले लुम्बिनी प्रदेश सबल नै रहेको छ । यस प्रदेशमा पर्यटकीय क्षेत्रको रुपमा बुद्ध धर्मावलम्बीहरूको आकर्षक बुद्धको जन्मस्थलसमेत रहेको लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको ऐतिहासिक दरबार रानीमहल रहेका छन् । १२ वटा जिल्लाहरु समेटेर बनेको लुम्बिनी प्रदेश नेपालको भूमिको १२.१३ प्रतिशत भ–ूभाग अथवा १७ हजार ८ सय ५२ वर्ग किमि जमिन मा रहेको छ । यस प्रदेशको जनसंख्या ४० लाख ८३ हजार ९ सय ८५ रहेको छ । यस प्रदेशका जिल्लाहरुमा नवलपरासी बर्दघाट(सुस्ता पश्चिम), रूपन्देहि, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्वि भाग), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया रहेका छन् ।

नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम)

यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरु मा रामग्राम स्तुप, त्रिबेणीधाम, पाल्हीभगवती मन्दिर, गजगढाधाम, सीतामढी, राधाकृष्ण मन्दिर, नागबाबा मन्दिर, कोहार मन्दिर, रामजानकी मन्दिर, बालपुरी, कुटी, मद्रासी बाबा, शिबमन्दिर, दाउन्ने देवी, कैलाश आश्रम, बर्दगोरिया कुटी, मौलाकालिका मन्दिर, रुम्सी, कुमारवर्ती, महाराजथान, रुद्रपुरगढी, सिक्रौलीघाट, पितौजीघाट, मितेरीघाट, भृकुटीघाट, लेडाघाट, देवघाट धाम, ठांडीटारघाट, नारायणघाट, मौसरघाट, जलदेबीघाट, बालीघाट, गडगडीघाट, पण्डितपुर, ब्यंकटेश मन्दिर आदि रहेका छन् ।

रूपन्देही

रूपन्देही जिल्ला नेपालको तराईमा पर्ने एक जिल्ला हो । गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण रहेको छ । यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड हुन् ।

कपिलवस्तु

कपिलवस्तु जिल्ला तराईमा पर्दछ । यस जिल्लाको पर्यटकीय ठाउँहरुमा अठ्कुनीयाँ, अमौलीकोट, अरौराकोट, इटवा डरवा धनगढवा, कपिलवस्तु संग्राहलय, कुदान, गोटिहवा अशोक स्तम्भ, गौरीगंज, चंघाट, चेतरादेही, जगदीसपुर ताल, जोडी स्तुप, डंगरी, डेरवा स्तुप, तिलौराकोट, तौलेश्वर मन्दिर, दलदलवा, दुमुनियाँ, दोहनीकोट, धानखोला, निगालीकोट, पडसडवा, पिपरा स्तुप, पिपरी, बभनी, बर्दहवा, बलुहवा, बिकुलीकोट, मालपारा, मुर्चहवा पुरानोकुँवा, रक्षाबाबा, रामदतिवन कुटी, लम्तिया, लौहसरिया स्तुप, विजुवा, श्रृङ्गीऋषि धाम, सगरहवा ताल, समयमाईकोट आनन्दवाग, सरकुप पोखरी, सिसेनियाँ, सिसेनियाँ दरबसवा, सेमरा शिभमन्दिर, सोनवागढ, हर्देवा रहेका छन् ।

पाल्पा 

पाल्पा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम तानसेन हो।यस जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि जस्ता धेरै पर्यटकीय स्थलहरू छन्। केहि समय पहिला अवलोकन चुचुरो पनि बनेको छ । रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो, जसलाई नेपालको ताजमहल भनिन्छ। यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला हो ।

अर्घाखाँची 

अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफार दुर्वाशेश्र्व गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पौवा(बल्कोट) अर्घाकोट(अर्घा),पाली पन्थीटोलको लाकुरीरूख मा अबस्थित ठाडा देवी भगवती यहाँका प्रमुख पर्यटकिय स्थलहरू रहेका छन् ।

गुल्मी 

कफिको लागि प्रशिद्ध जिल्ला विश्वमै दुर्लभ अगरवुडको खेती हुने जिल्लाप्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका,श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफा(ग्वादी(५) आदि यसै जिल्लामा रहेका छन् । रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर,परमानन्दनगर(चोरकाटे)को परमानन्द शान्ति आश्रम, जोहाङ ढावको सर्बेश्वर शिव मन्दिर, रुपाकोटको शिद्धस्थान, दिब्रुङ्गको आश्रम, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन । माघे सँक्रान्तिमा रिडिमा नेपालकै सबैभन्दा ठुलो मध्येको मेला लाग्ने गर्दछ भने रुद्रबेनी लगायतका ठाउँहरुमा गण्डकी नुहाउनेको भिड लाग्ने गर्दछ । त्यसैगरी यहाँका मन्दिरहरुमा शिवरात्री, बैशाख सक्रान्ती, जनैपुर्णिमा, श्रीकृष्णजन्माष्टमी, रामनवमी, बिजयादशमी, लगायत पर्वहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । यहाँ धेरैजसो मन्दिरमा प्रत्येक बर्ष साउन महिनामा लघुरुद्राभिषेक कार्यक्रम संचालन गर्ने गर्दछन् ।

रूकुम (पूर्वि भाग)

नेपालको एकात्मक राज्य प्रणाली अन्तर्गतको रुकुम जिल्लालाई संविधान सभाबाट निर्माण गरिएको संघीयता सहितको संविधान “नेपालको संविधान”बाट राज्यको गठित नया संघीय संरचना बमोजिम जिल्लालाई पुर्वी रुकुम र पश्चिम रुकुम गरि २ जिल्लामा विभाजन गरेको छ । विभाजनपछि हाल रुकुम (पश्चिम) जिल्ला कर्णाली प्रदेशमा पर्दछ भने रुकुम (पूर्वी‍ भाग) जिल्ला लुम्बिनी प्रदेशमा पर्दछ । यस जिल्लाका प्रमुख पर्यटकिय स्थलहरूमा पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरु, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि रहेका छन् भने धार्मिक स्थलहरु वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट रहेका छन् ।

रोल्पा

रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । जिल्लाको पूर्वमा बाग्लुङ र प्यूठान जिल्ला, पश्चिममा सल्यान जिल्ला, उत्तरमा रुकुम जिल्ला र दक्षिणमा दाङ जिल्ला पर्दछ । यस जिल्लाको सदरमुकाम लिबाङमा रहेको छ । यस जिल्लाका प्रमुख पर्यटकिय स्थलहरूमा जलजला हिमाल (बराह क्षेत्र), राँकमाधुरी चुचुरो, सुनछहरी, जेदबाङ दउराली जस्ता पर्यटकीय स्थलहरु रहेका छन् । त्यस्तै शिव पाञ्चायन मन्दिर खुङ्ग्री,  शिव गुफा जुगार, शिव गुफा जुगार, स्वर्गद्वारी प्रभुको जन्मस्थल रुन्टी(सखी), शिव मन्दिर गुम्चाल लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

प्युठान 

प्युठान जिल्ला स्थित धार्मिक तथा पर्यटकीय स्थलहरूमा देश भित्र र वाहिर सम्म चर्चित भएको तिर्थ तथा पर्यटकिय स्थल स्वर्गद्धारी यसै जिल्लाको स्वर्गद्धरीखाल गा.वि.स.मा पर्दछ । त्यस पछि एरावती, गौमुखी, कालिका मन्दिर, झाकिरिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह,त्रिवेणी आदी स्थलहरू तिर्थ स्थलको रूपमा प्रसिद्ध छन । जिल्ला स्थित पर्यटकिय स्थलहरूमा स्वर्गद्धारी, एरावती, गौमुखी, मल्लरानी, भित्रीकोट, विजुलीकोट आदी स्थलहरू पर्यटकिय स्थलको रूपमा परिचित छन ।

दाङ 

दाङ देउखुरी जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अञ्चलको सबैभन्दा सुगम एवं विकसित जिल्ला हो । चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका(मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर,मन्थोर्या मन्दिर आदि ।

बाँके

बाँकेका धार्मिक स्थल( बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि हुन । पर्यटकीय स्थल महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, बाँके राष्ट्रिय निकुञ्ज, वाटर पार्क आदि हुन ।

वर्दिया

नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल (१०१५ मि.) नेपालमै सबैभन्दा बढी पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तु बिबिध प्रजाति रहेको ८९६ वर्ग मि. फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज । एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी सडक पुल बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार , पुरातत्वले महत्वपुर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुरबाबा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, बागेश्वरी मन्दिर, कालिका मन्दिर, तरकेशोर मन्दिर जानकी मन्दिर आदी, प्राकृतिक रुपले निर्मित, दक्षिण एशियाका चराचुरुंगीको क्रिडा स्थल, कमलको फुल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैया ताल, प्राकृतिक रुपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखोलूवा ताल, जिल्लाको करिब ५३ प्रतिसत जनघनत्व रहेको थारु जाति, राजी, चेपांग, आदि बिबिध सांस्कृति, अन्नको भण्डार ्रकुरिलो , घ्यु कुमारी जस्ता अनेक जडिबुटी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख