२०७७ फाल्गुन ९, आईतवार | २०८१ माघ ४ | [email protected]

महाधिवेशनको पूर्व सन्ध्यामा होटल व्यवायी संघ बाँके द्वारा रक्तदान कार्यक्रम सम्पन्न

२०७७ फाल्गुन ९, आईतवार

होटल व्यवसायी संघ बाँकेले सामाजिक उत्तरदायित्व वहन गर्दै रगतको अभाव कम हुन नदिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संघले नेपालगञ्जको स्वस्तिक कटेजमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।

संघले आसन्न महाधिवेशनको पूर्व सन्ध्यामा रगतको अभाव कम हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष भिमलाल कडेलले बताउनुभयो । कडेलले सामाजिक उत्तरदायित्व वहन गर्दै होटल व्यवसायी संघ बाँकेले बिगतका वर्ष झै यसपटक पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा होटल व्यवसायी,सुरक्षाकर्मि, स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख