
नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त हुनुभएको छ । मंगलबार बोर्डको सञ्चालक समिति बैठकले रिजाललाई उपाध्यक्षमा चयन गरेको हो ।
टानका पूर्व अध्यक्ष रहेका रिजाल १० वर्षपछि नेपाल पर्यटन बोर्डको उपाध्यक्ष बनेका हुन । बोर्डमा चन्द्र रिजाल, ङावा ङिमा शेर्पा र कृष्ण शाह, विप्लव पौडेल र पम्फा धमला सदस्य छन् ।