
पर्यटन क्षेत्रका ट्रेड युनियनद्वारा कोरोना विरुद्धको खोप प्राथमिकताको आधारमा उपलब्ध गराउन माग गरेका छन् ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी समक्ष पर्यटन क्षेत्रका श्रमिक संघ संस्थाहरू अखिल नेपाल पर्यटन मजदुर संघ, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ ९निटोग०, समाजवादी पर्यटन मजदुर सघ, क्रान्तिकारी पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघहरूले प्राथमिकताको आधारमा श्रमिकहरूलाई खोप दिन माग गरेका छन् ।
मागपत्रमा यस्तो लेखिएको छ
प्रस्तुत विषयको सम्बन्धमा वसन्त ऋतुको आगमन सगै नेपालमा पर्यटकिय मौसमको सुरुवात हुने कुरा अवगत नै छ । कोभिड १९ का कारण लामो समय ठप्प रहेको नेपालको पर्यटकिय गतिविधी यो वसन्त ऋतु देखी अलि सहज हुने अवस्था देखिन्छ । विश्व महामारीको संकटपुर्ण अवस्थामा कोभिड १९ पुर्ण रुपले निर्मुल भइ सकेको छैन । यस्ता संकटपुर्ण अवस्थामा पर्यटन क्षेत्रका श्रमिकहरु विभिन्न देसका पर्यटकहरु सगं देसको विभिन्न तथा कोरोना संक्रमण नभएको ठाउँहरुमा समेत पुग्नु पर्ने हुन्छ । यो समय नजिकिदै जाँदा लगभग २० हजार पर्यटन श्रमिकहरु ९पद यात्रा पथ प्रदर्शक, पर्वतीय पथ प्रदर्शक, कुक, सहयोगीहरु र भरीयाहरु सहित० परिचालन हुन सक्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा पनि नेपाल सरकारले पर्यटन क्षेत्रका श्रमिकहरुलाई प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोपको व्यवस्था गरेको छैन । पर्यटन क्षेत्रका श्रमिकहरुलाई प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न नसकेको खण्डमा आउदो वसन्त ऋतुमा हुने पर्यटकिय चहलपहल संगै कोरोनाको फैलन सक्ने संभावित खतरालाई मध्यनजर गरी पर्यटन क्षेत्रका श्रमिकहरुलाई प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न, गराउन पर्यटन क्षेत्रमा क्रियाशिल तपसिलका ट्रेड युनियनहरु विनम्र अनुरोध गर्दछौ ।