
हरिलाल पाैडेल
होमस्टेको मर्म बुझ्नुहोस्
हामस्टेको धर्म बुझ्नुहोस् ।
अमलटारीमा हिमाल नखोज्नुहोस्
घले गाँउमा गैंडा नसोध्नुहोस् ।
सिरूवारीमा थारू नखोज्नुहोस्
पिस पञ्चासेमा दारू नखोज्नुहोस् ।
आ- आफ्नै विशेषता छन होमस्टेका
त्यसैले,
पिप्रहरमा चिया बारि छैन नभन्नुहोस्
ल्वाङ्गमा लाठी नाच पाईन नभन्नुहोस् ।
तराईमा भिर नखोज्नुहोस्
मासु संग खिर नखोज्नुहोस् ।
सोध्नुहोस, आउनुहोस र खानुहोस्
अतिथी सत्कार जान के चाइन्छ?
बन्दीपूरमा के खाईन्छ?
काहुलेपानिमा के गाईन्छ?
अनि
कालाबाङ्ग कसरी गईन्छ ?
राईनकोटमा के लाईन्छ ?
बुझ्नुहोला
कुन ठाँउमा तिन पाने र भाले पाइन्छ
अनि कहाँ
दुध , दधी र ध्यू खाइन्छ ।
लेखक होमस्टे एशोसियसन नेपाल (होसान) गण्डकी प्रदेशका अध्यक्ष तथा पञ्चासे सामुदायकि होमस्टे पोखराका सञ्चालक हुनुहुन्छ ।