२०७८ चैत्र ६, आईतवार | २०८१ माघ ७ | [email protected]

हाेसान निर्वाचन : नेतृत्वको लागि आधा दर्जन बढी व्यत्तिकाे चर्चा, महासचिवमा राजकुमार लामिछानेकाे उम्मेदवारी घाेषणा

२०७८ चैत्र ६, आईतवार

हाेसान निर्वाचन : नेतृत्वको लागि आधा दर्जन बढी व्यत्तिकाे चर्चा, महासचिवमा राजकुमार लामिछानेकाे उम्मेदवारी घाेषण

होमस्टे ( घरबास ) एसोसिएसन नेपाल होसानको नयाँ नेतृत्व कस्तो आउला भनि यतिबेला चर्च परिचर्चा सुरू भएकाे छ ।
चैत्र ११, १२ र १३ गते बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेमा हुने होमस्टे ( घरबास ) एसोसिएसन नेपाल होसानको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यशाला गोष्ठीकाे मिति नजिकिएसंगै नेतृत्वको लागि एकपक्षिय तथा बहुपक्षिय छलफल सुरु हुन थालेकाे छ ।

यसपटकको सम्मेलनबाट होसान महासंघिय संरचनामा जाने र नयाँ नेतृत्व समेत चुनिने भएकाले देशकै ठूलो पर्यटन क्षेत्रको नेटवर्क होसानको चर्चा चुलिन थालेको छ ।

होसानको अध्यक्षमा हालका अध्यक्ष केशब बडाल , उपाध्यक्षहरु यदुमनी निरौला , शारदा आचार्य , शिला अमात्य , बाबुराजा महर्जन, धनिश्वर बत्स्याल र महासचिव प्रेम शंकर मर्दनिया थारुलेकाे नाम चर्चामा रहेकाे छ ।

यस्ते अर्को महत्वपुर्ण पद महासचिवमा भने होसानका संस्थापक सह सचिव , हालका केन्द्रिय सदस्य राजकुमार लामिछानेको मात्र दावी रहेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहाफुर के सि ( सोनाम) को ले समुद्घाटन गर्ने नेपालको ग्रामिण पर्यटनको अग्रेणी संस्था होसानको उक्त सम्मेलनमा ग्रामिण पर्यटन क्षेत्रको बर्तमान समस्या र समाधान , कानुनी जटिलता तथा कार्यबिधिमा फरकपन र त्यस्ले पारेको असर , कोभिड महामारी पछिको होमस्टे पुनुरुत्थान अभियान कसरी अघि बढाउने भन्ने बिषयमा घनिभुत बहस हुने होसानका केन्द्रिय सदस्य एंव बागमती प्रदेश सह – इन्चार्ज राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

सोही अवसरमा देशभरका होमस्टेका २५ भन्दा बढी स्टल रहनेछन भने सम्मेलनको ब्यवस्थापनको जिम्मा पाएको गाभर भ्याली होमस्टेले मौलिक खानाको मेला नै आयोजना गर्ने भएको छ ।

देशभरका होमस्टेहरुको छाता संगठन होसानले यहि फाल्गुन २१ गते नगर सम्मेलन र २८ गते प्रदेशको सम्मेलन सम्पन्न गरेको थियो । करिब ५०० भन्दा बढी प्रतिनिधि सम्मिलित हुने सम्मेलनले यसपटक नयाँ नेतृत्व समेत चुन्ने छ । २०७० सालमा स्थापना भएको एसोशिएसनको नेटवर्क अहिले देशका सबै जिल्लामा पुगेको छ । हाल झन्डै १३०० भन्दा बढी निजि तथा सामुदायिक होमस्टेहरु बिधिवत संचालनमा रहेका छन

प्रतिक्रिया

सम्बन्धित ख