नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को भोली हुन लागेको ५५ औँ वार्षिक साधारण सभा एवम् २३ औँ निर्वाचनमा नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बिनय बस्नेत र उपाध्यक्ष रमेश थापा समूह बिच प्रतिस्पर्धा हुने भएको छ ।
दुबै पक्षले आ आफ्नो समुह बनाई प्रचार प्रसारमा तिब्रता दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष बिनय बस्नेतलाई एमाले निकट पर्यटन व्यवसायीहरुले साथ दिएका छन् । अध्यक्षका अर्का उम्मेदवार रमेश थापालाई नेपाली काँग्रेस निटक पर्यटन व्यवसायी, नेकपा माओवादी केन्द्रनिकट पर्यटन व्यवसायी, नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी र जनता समाजवादी पार्टी निकट पर्यटन व्यवसायीको साथ र समर्थन रहेको छ । थापा समूहलाई गठबन्धनमा रहेका सबै दलको साथ रहेकाले बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।
यस्तो छ बिनय बस्नेत समूह
वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह कोषाध्यक्षमा गीता ढकाल रहेकी छिन् ।
सदस्यहरुमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठकले कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तो छ रमेश थापा समूह
वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सह कोषाध्यक्षमा राजन शाक्य रहेका छन् ।
सदस्यहरुमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, रामशोभित नायक, डेन्डी शेर्पा, महेश कोइरला , श्रद्धा जोशी र सवला भण्डारीले कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।