२०७८ चैत्र १८, शुक्रबार | २०८१ चैत्र ७ | [email protected]

नाट्टा अध्यक्षमा रमेश थापा बिजयी, बस्नेत ८२ मतले पराजित

२०७८ चैत्र १८, शुक्रबार

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा रमेश थापा बिजयी भएका छन्।

बिहीबार भएकाे ५५ औँ वार्षिक साधारण सभा एवम् २३ औँ निर्वाचनबाट प्रतिद्वन्दी बिनय बस्नेतलाई ८२ मतले पराजित गर्दै रमेश थापा अध्यक्षमा बिजयी भएका हुन । थापाले २०९ मत र बस्नेतले १२७ मत पाएका थिए ।

यस्तै अन्य पदाधिकारी तथा सदस्यहरूमा सह कोषाध्यक्ष र एक सदस्य बाहेक सबै थापा समूहबाट बिजयी भएका छन्।

थापा समूहबाट उम्मेद्वारी दिएका वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा विजयी भएका छन्। सहकोषाध्यक्षमा भने बस्नेत समूहबाट  गीता ढकाल (रेजु) बिजयी भएकी छन्।

सदस्यहरुमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, सवला भण्डारी, रामशोभित नायक, डेन्डी शेर्पा, श्रद्धा जोशी, थापा समूहबाट बिजयी चएका छन् भने बस्नेत समूहबाट विष्णु पाण्डे मात्रै बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख