होटल व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउने उद्देश्यले रामेछापमा चार जिल्लाका होटल व्यवसायीलाई २ दिने साना हाेटल तथा लज व्यवस्थापन तालिम प्रदान गरिएकाे छ ।
नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासघ नेपालको संयुक्त आयोजनामा होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको संयोजन र रामेछाप होटल तथा पर्यटन व्यवसायीसघको सहकार्यमा शुक्रबारदेखि रामेछापकाे मन्थली नगरपालिकाे सभाहलमा साना हाेटल तथा लज व्यवस्थापन तालिमकाे आयाेजना गरिएकाे हाे ।
तालिममा सिन्धुपाल्चोक रामेछाप दोलखा र सिन्धुली जिल्लाका होटल तथा पर्यटन व्यवसायी हरुको सहभागीता रहेकाे छ ।
कोभिड–१९ का कारण बढी प्रभावित भएको क्षेत्रमध्ये होटल व्यवसाय एक भएकोले यस व्यवसायलाई पूर्वावस्थामा ल्याउन तालिमको आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष सन्ताेष उप्रेतीले बताउनुभयाे । उप्रेतीले व्यवसायीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्न यसप्रकारको तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमा माननीय एवं उद्योग पर्यटन वन तथा वातावरण पूर्व मन्री शान्ति प्रसाद पौडेल, मन्थली नगरपालिका नगर प्रमुख रमेशकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी दिपक कुमार पाहाडी, होटल व्यवसायी महासंघका उपमहासचिव शेरबहादुर थापा, होटल तथा पर्यटन व्यवसायी सघ बागमती प्रदेशका अध्यक्ष श्री सन्ताेष उप्रेती, उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरे, घरेलु तथा साना उद्योग कार्यालय रामेछापका लक्ष्मी प्रसाद कासुला, दोलखा जिल्ला कर कार्यालयका प्रमुख कृष्ण प्रसाद न्याैपाने र होटल तथा पर्यटन व्यवसायी संघ रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठ लगायत स्थानिय पत्रकार जिल्ला संघका प्रतिनिधि व्यवसायी हरूको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम संचालन होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपेन सुबेदीले गर्नु भएको थियो ।
तालिममा सुमन श्रेष्ठ, सूर्य किरण श्रेष्ठ, जित श्रेष्ठ प्रशिक्षक रहनुभएकाे छ ।