
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशको अध्यक्षमा हरिराम अधिकारी निर्वाचित हुनुभएको छ ।
नाट्टा गण्डकी प्रदेशको सोमबार सम्पन्न २७ औं साधारण सभा तथा १२औं अधिवेशन बाट दुई वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, दृतिय उपाध्यक्ष कमला गिरी र महासचिवमा संगिता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारी र सह-कोषाध्यक्षमा सुवास भण्डारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा तारा प्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल, खुमबहादुर नेपाली, तुलबहादुर गुरुङ, रात्नराज रेग्मी र गणेश पोखरेल चयन भएका छन् ।