२०७९ बैशाख २०, मंगलवार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

नेपाल घुम्न आउने विदेशी पर्यटक बढे, अप्रिल महिनामा यति धेरै विदेशी पर्यटक नेपालमा

२०७९ बैशाख २०, मंगलवार

नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । सन् २०२२ को अप्रिल महिनामा विभिन्न देशका ५८ हजार ३८४ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

पर्यटन बोर्डले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांक अनुसार मार्च महिनाको तुलनामा अप्रिल महिनामा नेपाल आउने विदेशीको संख्यामा वृद्धि भएको छ । मार्च महिनामा ४२ हजार ६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । कोभिड–१९ महामारीपछि नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख