रसुवा जिल्लाका होटल व्यवसायीहरुको छाता संस्था होटल तथा पर्यटन व्यबसायी संघ रसुवाको अध्यक्षमा निशान गजुरेल पुन:सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनबाट दोस्रो कार्यकालका लागि गजुरेल अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो ।
अधिबेशनबाट संघको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिबमा फुर्पुसिंगी तामाङ, सहसचिब बिशाल घले, कोषाध्यक्षमा बुद्दलक्ष्मी तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा छबिलाल पौडेल, सन्तोष घले, संजीब उप्रेती, छेतेन ग्याल्बो तामाङ, पबित्रा भट्ट, सुनिता तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।