
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन आइतवार आज हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बबताउनुभयो ।
मित्रराष्ट्र चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
अन्तरराष्ट्रिय उडान नहुने
अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भ देखी सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो दिन अन्तर्राष्ट्रिय उडान नहुने भएको छ । नेपालको निजी विमान सञ्चालक कम्पनी बुद्ध एयरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारससम्म उडान गर्ने तयारी गरे पनि
भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्तरराष्ट्रिय उडान नहुने भएको हो ।
यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न वायुसेवा कम्पनीले चासो दिएका विमानस्थलका निर्देशक बिक्रम गौतमले बबताउनुभयो । गौतमले अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको छौँ हामी सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौं,’ उनले भने ।