२०७९ माघ २, सोमबार | २०८१ माघ ४ | [email protected]

जहाज दुर्घटनाप्रति होटल संघ पोखराद्वारा दुःख व्यक्त

२०७९ माघ २, सोमबार

यती एयरको विमान दुर्घटनाप्रति होटल संघ पोखराले दुःख व्यक्त गरेको छ । सोमबार संघले शोक विज्ञप्ति जारी गर्दै दुःख प्रकट गरेको हो ।

संघको शोक विज्ञप्तिमा भनिएको छ काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइनएन–एएनसी एटीआर ७२ जहाज अवतरणको क्रममा आइतबार पोखरा– ७ र १५ स्थित सेती खोंचमा दुर्घटनाग्रस्त भएको दःुखद खबरले होटल संघ पोखरा नेपाल स्तब्ध र मर्माहत भएको छ । आन्तरिक उडान तर्फ नेपालको इतिहासमै भएको सबैभन्दा ठूलो दुर्घटनामा परी यात्रु र चालक दलसहित ७२ जनाको निधन भएकोमा संघ गहिरो दुःख प्रकट गर्न चाहन्छ ।

दुर्घटनमा परी ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौं । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना पनि गर्दछौं ।

साथै, नेपाली उड्डयन क्षेत्र इयुको कालो सूचीबाट हट्ने प्रयास गर्दै गर्दा भएको यस दुर्घटनाले ठूलो जनधनको क्षति मात्र भएको छैन भुकम्प, नाकाबन्दी र कोभिड– १९ को मारबाट भर्खर पुनरुत्थानतर्फ अग्रसर हुँदै गरेको नेपाली पर्यटन क्षेत्रमा समेत धक्का लागेको महसुस हामीले गरेका छौं ।

अतः नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीहरुलाई पनि गंभीर बन्न आग्रह गर्दछौं । अन्य विपदका समयमा समेत खोजी, उद्धार र राहतका कार्यक्रमलाई चुस्त र दुरुस्त राख्न चाल्नुपर्ने कदम तत्काल चाल्न नेपाल सरकारसँग अनुरोध गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित ख