होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको दोस्रो अधिवेशन मकवानपुरको चित्लाङमा सुरू भएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलकाे प्रमुख आतिथ्यतामा बुधबारदेखि सुरू भएकाे अधिवेशनमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिईरहेका छन् ।
संघको अधिवेशनमा नेतृत्वका लागि माहाेल तातिरहेको छ ।स्राेतका अनुसार अध्यक्षमा दामोदर नेपाल, बरिस्ठ उपाध्यक्षमा श्याम कुमार भालु, उपाध्यक्षहरूमा दिपक ढकाल, निप्पु सर्राफ, देवराज नेपाल, महासचिवमा राजकुमार प्याकुरेल, सचिवमा सिद्ध बहादुर शाही, काेषाध्यक्षमा शेखरमान श्रेष्ठ सहितकाे नेतृत्व सर्वसम्मत चयन हुने छ ।
अहिले सम्म संघ हाँक्नका लागि मुख्यत तीन जना आकांक्षी देखिएका छन् । अध्यक्षका लागि बहालवाला उपाध्यक्ष देवराज नेपाल, महासचिव दामोदर नेपाल, सचिवमा श्याम कुमार भालु देखिएका छन् ।
तर अध्यक्षका लागि बहालवाला वरिष्ठ उपाध्यक्ष उमेश सुवेदी र निप्पु सर्राफको चर्चा चलेपनि उननीहरुले मुख खोलेका छैनन् ।