
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको वरिष्ठ उपाध्यक्षमा काभ्रेका श्याम कुमार भालु सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
संघको बुधबार मकवानपुरको चित्लाङमा भएको दोस्रो अधिवेशन बाट श्याम कुमार भालु वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । यस अघि उहाँ प्रदेशकै सचिव हुनुहुन्थ्यो ।
काभ्रे होटल तथा रेष्टटुरेण्ट व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका श्याम काभ्रे जिल्लाको होटल व्यवसायमा चर्चित व्यवसायी हुनुहुन्छ ।
यस्तै अधिवेशन बाट अध्यक्षमा दामोदर, वरिष्ठ उपाध्यक्षमा श्याम कुमार भालु, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ, दितृय उपाध्यक्षमा राज कुमार श्रेष्ठ, महासचिवमा राजकुमार प्याकुरेल, सचिवमा राजेन्द्र कुमार मिया, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ, सहसचिवमा हरिगोपाल सापकोटा, सह कोषाध्यक्षमा विनोद लामिछाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा रामशरण नेपाल, रामकृष्ण बस्नेत, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नवराज मरहठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा, राजन भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ ।