होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा केशव पाण्डे सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
संघको शनिबार सम्पन्न ३१औं साधारण सभा तथा ८औं जिल्ला अधिवेशन बाट पाण्डे सर्बसम्मत निर्वाचित हुनुभएको हो ।
संघको उपाध्यक्षमा दीपक कुमार थापा क्षेत्री, महासचिवमा अवेश कुमार चन्द, सचिवमा प्रजापति जोशी, कोषाध्यक्षमा भक्त बहादुर थापा सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा धर्मराज भट्ट, केश बहादुर बोहरा, केशव चन्द, कुलदीप ध्वज थापा, विष्णु के.सी., करन सिंह कुडमाल, सोमराज सापकोटा, भिम बहादुर शाही, सुरेन्द्र बहादुर थापा, राकेश भट्ट सर्बसम्मत निर्वाचित हुनुभको छ ।