
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित हुनुभएको छ ।
संघको २२ औं साधारणसभा तथा ११ औं अधिवेशनको निर्वाचनबाट अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित हुनुभएको हो । भण्डारीले ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बाबुराम गौतमले ४५२ पाउँनुभएको थियो ।
१ हजार २ सय ३ व्यवसायी आवद्ध संघमा १ हजार ७० जनाले मतदान गरेका थिए ।
संघको बरिष्ठ उपाध्यक्षमा माधव कुमार खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली, द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई, महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा मोहन बस्याल र सह कोषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा रामबहादुर न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा एक बहादुर गाहा मगर, केशवराज पाण्डे एकदेव पाण्डे, कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल, मुरारी पाण्डे, यज्ञमुर्ति भण्डारी, सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।