
द्विपक्षीय पर्यटन अभिवृद्धि गर्दै बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन होटल संघ नेपालको २४ सदस्यीय टोली सोमबार बंगलादेश प्रस्थान गरेको छ ।
बंगलादेशको ढाकामा जुन २१ कामा हुने बीटुबी कार्यक्रम का लागि टोली बगलादेश प्रस्थान गरेको हो ।
कार्यक्रममा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमार्फत जनाएको छ ।