कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को अन्तिम महिना असारमा १० करोड ९२ लाख ६१ हजार चार सय ७८ रुपैयाँ भुक्तानी गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयले १७ दिन सम्ममा १० करोड ९२ लाख ६१ हजार चार सय ७८ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । आर्थिक कारोबारको अन्तिम दिन असार २४ गते सम्म भएकाले खर्चको भुक्तानी बढेको हो ।