
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेलाई नियुक्त गरेको छ।
महासंघले पर्यटन तथा हवाई यातायातको क्षेत्रमा उनकाे योगदान एवं अनुभव प्रति उच्च कदर गदै बुधबार लामिछानेलाई पर्यटन तथा हवाई यातायात समिति को सभापतिमा नियुक्त गरेको हो।
नेपालको पर्यटन क्षेत्रमा २ दशकदेखि सक्रिय लामिछानेले प्रदेशको सुन्दरता, बजारीकरण र प्रचार प्रसार गदै बिश्व व्यापी रुपमा लैजानु पर्ने अठोटका साथ सक्रिय उनी बिदेशी पर्यटकहरुलाई प्रदेशमा प्रवेश गराउँन लागिपरेका एक पर्यटन अभियन्ताका रूपमा चिनिन्छन् ।
यसअघि उनी नेपाल भ्रमण वर्ष २०२० का मधेश प्रदेश स्तरीय पर्यटन प्रवर्दधन समितिको सदस्य, नेपाल पर्यटन बोर्डबाले गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सह संयोजक हुँदा मधेश प्रदेशको पर्यटनलाइ चिनाउन अहम भुमिका निर्वाह गरेका लामिछानेको नियुक्तीसँगै पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने विश्वास लिइएको महासंघले जनाएको छ ।
पेशाले होटल व्यवसाय रहेका उनी नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) मधेश प्रदेशको अध्यक्ष, होटल व्यवसायी महासंघ मधेश प्रदेशको महासचिव, होटल तथा पर्यटन ब्यवसायी संघ बाराका नि वर्तमान अध्यक्ष हुन । साथै, उनी अप्सरा टुर एण्ड ट्राभल्स, होटल न्यू सगुन तथा ईलिफेन्ट भिलेज रिसोर्ट का सञ्चालक हुन ।