२०८० श्रावण २८, आईतवार | २०८१ माघ ४ | [email protected]

नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएशनको अध्यक्षमा हरि प्रसाद धरेल निर्बिरोध निर्वाचित

२०८० श्रावण २८, आईतवार

नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएशनको अध्यक्षमा हरि प्रसाद धरेल निर्बिरोध निर्वाचित हुनुभको छ ।

एसोसिएशनको शनिबार बसुन्धरा स्थित गोधुली फुडल्याण्ड एन्ड इभेन्टसको सभाहलमा सम्पन्न छैटौं अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद धरेल निर्बिरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रमेश पौडेल, उपाध्यक्षमा सुनार बहादुर गुरुङ, मनाेनित उपाध्यक्षमा ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन,सचिबमा सुजित कँडेल र सन्जिब गुरुङ,कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो,सह कोषाध्यक्षमा प्रणिल मान श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा रामकाजी तिवारी, अशोक लामा, डोलेन्द्र राज दाहाल, मनराज सिंखडा, मन्जु गिरि, राजेश धरेल, शिव बहादुर सापकोटा निर्वाचित हुनुभएको छ।

एसोसिएशनले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकारमा पि एन अधिकारीलाई मनोनीत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख