२०८० भाद्र ३, आईतवार | २०८१ फाल्गुन ४ | [email protected]

हाेमस्टे महासंघ नेपाल बागमती प्रदेशकाे अध्यक्षमा गाेविन्द हुमागाईं सर्वसम्मत निर्वाचित

२०८० भाद्र ३, आईतवार

हाेमस्टे महासंघ नेपाल बागमती प्रदेशकाे प्रथम अधिवेशनबाट अध्यक्षमा काभ्रेका गाेविन्द प्रसाद हुमागाईं सर्वसम्मत निर्वाचित हुभएकाे छ ।

शनिबार नागर्जुन सामुदायिक होमस्टेमा भएकाे हाेमस्टे ( घरबास ) एसोसिएसन नेपाल महासंघ भएपछिको पहिलाे अधिवेशनबाट हुमागाईं सर्वसम्मत अध्यक्षमा निर्वाचित हुभएकाे छ ।

अधिवेशनबाट उपाध्यक्षमा चितवनका जित बहादुर चापागाईं, सचिवमा काभ्रेका माधव प्रसाद श्रेष्ठ, काेषाध्यक्षमा काठमाडौकी पम्फा श्रेष्ठ सर्वसम्मत निर्वाचित हुभएकाे छ ।

यस्तै सदस्यहरूमा सपना तामाङ भक्तपुर,इश्वर मान डङ्गाेल नुवाकाेट, विमला कुमारी थापा सिन्धुली, तारा चन्द्र मास्के चितवन, निरन्जन थापा ललितपुर, मनिषा श्रेष्ठ काभ्रेपलान्चोक, उद्वव बास्तोला भक्तपुर, सुजित श्रेष्ठ धादिङ, केशव लामा रामेछाप, बसन्त तामाङ काठमाडाैं, निमा तामाङ रसुवा सर्वसम्मत निर्वाचित हुभएकाे छ ।

संघले मकवानपुर, दाेलखा र सिन्धुपाल्चोक बाट महासंघमा सहभागी नभएकालाई प्रक्रिया पुराएर सहभागी गराउने जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख