
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नाट्टाको विराटनगरमा शनिबार सम्पन्न ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे । अध्यक्षमा निर्वाचित भट्टराई यसअघि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहनुभएकाे थियाे ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्षमा सजीत तामाङ, महासचिवमा नवराज खरेल, सचिवमा जीवन पराजुली, कोषाध्यक्षमा सुरेन्द्र भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा मोहन सेलवाल, धर्म सिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्का निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा निर्वाचित भएपछि भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयाे ।
नाट्टा काेशीमा ६० जना सदस्य आवद्ध रहेका छन् ।