सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रसंगआवद्ध संघसंथाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
यस वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाउन लागिएको हो । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।