विश्व पर्यटन दिवसका अवसरमा नुवाकोट घुम्न आएका विदेशी पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ।
४४औं विश्व पर्यटन दिवसको अवसरमा नुवाकोट घुम्न आएका विदेशी पर्यटकलाई होटल व्यवसायी संघ नेपालका पर्यटन उपाध्यक्ष सन्तोष उप्रेतिले स्वागत तथा सम्मान गरेका हुन् ।
नुवाकोट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष, लगाएतका प्रतिनिधिहरुको सहभागितामा विदेशी पर्यटकलाई स्वागत गरिएकाे हो ।
संघले असाेज १० देखि १५ गते सम्म नुवाकाेट घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई खानामा १० प्रतिशत छुट् र हाेटलकाे बसाइमा १५ प्रतिशत छुट् दिने जनाएकाे छ ।
यस वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।