
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले हवाई उडान सुरक्षाको उल्लंघन गरेको भन्दै दुई कम्पनीका तीन हेलिकप्टर उडानमा प्रतिवन्ध लगाएको छ ।
प्राधिकरणले फिस्टेल एयरका २ र श्री एयरको एक हेलिकप्टरलाई उडानमा रोक लगाइएको जनाएको छ ।
भिजुअल फ्लाइट रुल (भीएफआर) उडान सुरक्षा नियमको गम्भीर उल्लंघन गरेको भन्दै रोक लगाइएको प्राधिकरणले जनाएको छ ।