२०८० आश्विन १६, मंगलवार | २०८१ चैत्र ७ | [email protected]

नेपालमा एक महिनामा ९१ हजार बढी विदेशी पर्यटकले गरे भ्रमण

२०८० आश्विन १६, मंगलवार

सन् २०२३ को सेप्टेम्बर महिनामा मात्रै नेपालमा ९१ हजार १२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्ममा हवाई मार्ग भएर ६ लाख ९२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन्।

सेप्टेम्बर महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार ६ सय ४२, चीनबाट ८ हजार एक सय ७४, अमेरिकाबाट ७ हजार ३ सय ६४, बंगलादेशबाट ३ हजार ७ सय १६ पर्यटक नेपाल आएका छन्।

यस्तै अष्ट्रेलियाबाट ३ हजार ६ सय ८५, संयुक्त अधिराज्यबाट ३ हजार ६ सय ४०, श्रीलंकाबाट ३ हजार ११, जर्मनीबाट २ हजार ८ सय ५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७ सय ३४ पर्यटक नेपाल भित्रिएका छन्।

ष्mबनभक

प्रतिक्रिया

सम्बन्धित ख