२०८० फाल्गुन १४, सोमबार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

काेरला हुँदै मानसराेवर जाने मार्ग खुलाउन पहल

२०८० फाल्गुन १४, सोमबार

गण्डकी प्रदेश सरकारले मुस्ताङकाे काेरला नाका हुँदै प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्राज पाण्डेले बताउनुभएको छ ।

आइतबार बागलुङको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा बाेल्दै कालीगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदरकुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल थालेको मुख्यमन्त्री पाण्डेले बताउनुभयाे ।

मुख्यमन्त्री पाण्डेले कालीगण्डकी कोरिडोरहुँदै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र दमोदर कुण्ड दर्शनकालागि पुगेका पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले तिब्बत र चीन सर कार सँग आवश्यक कुराकानी गरिरहेको बताउनुभयो । कोरला नाकाबाट छोटो समय र सजिलै कैलाश मानसरोवर पुग्न सकिने भएकाले प्रदेश सरकारले यसबारे प्राथमिकतामा राखेर पहल गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख