संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा हितबहादुर तामाङ नियुक्त भएका छन् ।
बुधबार संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका तामाङ नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन ।
तामाङ मन्त्रीको रुपमा दोस्रो पटक आएका हुन्। उनी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।