२०८१ बैशाख १३, बिहीबार | २०८१ फाल्गुन ४ | [email protected]

५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्ष सहित ९ जनाविरुद्ध मुद्दा

२०८१ बैशाख १३, बिहीबार

अख्तियारले कालीकोटको महावै गाउँपालिका उपाध्यक्ष सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कालीकोटको महावै गाउँपालिका स्थित सिमखेतदेखि ओदा जाने सडक निर्माणमा ५२० मिटर सडक खनेर झण्डै साढे ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह र वडा अध्यक्षसहित ९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख