
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा पर्यटन शुल्क बापत झन्डै साढे ९ करोड रुपैयाँ संकलन गरेको छ ।
शुक्रबार महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
महानगरका अनुसार यस वर्षको हालसम्म आन्तरिक तथा वाह्य पर्यटकबाट पर्यटन शुल्क वापत ९ करोड ४३ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ ।
सार्वजनिक सुनुवाइमा योजना तथा कार्यक्रमहरूको अध्यावधिक स्थिति पत्र सार्वजनिक गर्दै महानगरले पर्यटन प्रवर्द्धनका लागि महानगरले छुट्टै वेब साइट सञ्चालन गरेको जनाएकाे छ ।