२०८१ असार ७, शुक्रबार | २०८१ चैत्र ७ | [email protected]

भैरहवामा ग्राउण्ड ह्याण्डलिङ निजी क्षेत्रलाई, क्यानले मापदण्ड बनाउदै

२०८१ असार ७, शुक्रबार

सेवा प्रतिस्पर्धामार्फत दिन मापदण्ड निर्माण अन्तिम चरणमा

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी वायु सेवा प्रदायक कम्पनीलाई प्रतिस्पर्धामार्फत ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्न क्यानले दिएको छ ।

क्यानले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी कम्पनीलाई प्रतिस्पर्धामार्फत ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्ने दिने निर्णय गरी गत जेठ ३० गते हिमालय, बुद्ध, श्री र यती एयरलाइन्सलाई ग्राउण्ड ह्याडलिङ सेवाका लागि योग्य ठहर गर्दै सूचीकृत गरेको थियो। निमित्त निर्देशक उत्सव खरेलको संयोजकत्वमा समिति गठन गरी मापदण्ड बनाउने काम गरिरहेको छ। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले समितिले मापदण्ड बनाउने काम अन्तिम चरणमा पुर्‍याएको बताए।

‘समितिले अहिले धमाधम मापदण्ड बनाउने काम गरिरहेको छ। समितिले तयार पार्ने दस्तावेज बोर्डबाट स्वीकृत भएपछि ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि टेण्डर गर्ने तयारी छ,’ भुलले भने।

प्रतिक्रिया

सम्बन्धित ख