२०८१ असार १४, शुक्रबार | २०८१ फाल्गुन ४ | [email protected]

पर्यटन प्रवर्द्धनका लागि पोखरामा रोपाइँ महोत्सव हुने

२०८१ असार १४, शुक्रबार

पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९औं संस्करण यस वर्ष पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सवको १९औं संस्करणको तयारीलाई तीव्र बनाइएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवका लागि परिषद्का उपाध्यक्ष तारानाथ पहारीको संयोजकमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीवनराज सापकोटा रहेका छन् ।

महोत्सवमा हिलो खेल्ने, माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौडसहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित ख