२०८१ असार २८, शुक्रबार | २०८१ पुष ३ | ourtourismnews@gmail.com

होटल व्यवसायी संघ चितवनले घाइते तथा बेपत्ता परिवारका आफन्तजनलाई निःशुल्क होटल बास र खानाको व्यवस्था गर्ने

२०८१ असार २८, शुक्रबार

होटल व्यवसायी संघ चितवनले सिमलतालमा भएको पहिरोमा परि घाइते तथा वेपत्ता भएकाहरुको परिवारका आफन्तजनलाई निःशुल्क होटल बास र खानाको व्यवस्था गर्ने भएको छ ।

संघले शुक्रबार एक विज्ञप्ति निकालि नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा भएको सवारी दुर्घटना प्रति दुःख व्यक्त गर्दै घाइते तथा बेपत्ता हुनुभएका परिवारको खोजीकार्यमा आउनु हुने आफन्तजनहरूलाई होटल व्यवसायी संघ चितवनले निःशुल्क होटल बास र खानाको व्यवस्था गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ असार २८ गते विहान करिव साढे तीन बजे तिर नारायणगढ मुग्लिन सडकको सिमलतालमा आएको पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको घटना प्रति होटल व्यवासयी संघ चितवन दुःख व्यक्त गर्दछ ।

सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको पाईएको छ । पहिरोमा परि वेपत्ता भएकाहरुको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा जोड दिँदै संघले गर्नुपर्ने सहयोगको लागि प्रतिवद्धता व्यक्त गर्दछौं ।

व्यवसायिक हकहित संगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि उत्तिकै सक्रिय होटल व्यवसायी संघ चितवनले यहि असार २८ गते विहान नारायणगढ(मुग्लिन सडक खण्डको पहिरोमा परि वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाना वस्नको व्यवस्था गरेको पनि यसै विज्ञप्ति मार्फत जानकारी गरउन चाहान्छौं ।

पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी र उद्धारमा सहयोग पुऱ्याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको हो ।
वाढि पहिरो लगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएकोले पहिरोमा परि वेपत्ता भएका आफन्तको खोजि कार्यको लागि आउँदा भनेको समयमा पैसा नहुने र पैसा नभएकै कारण आफन्तको खोजि कार्य नरोकियोस् भन्ने हेतुले वेपत्ताका आफन्तलाई चितवनका होटलहरुमा निशुल्क खाना वस्नको व्यवस्था गरिएको जानकारी गराउँदै अन्य आवश्यक सहयोगको लागि पनि होटल व्यवसायी संघ चितवन तयार रहेको जानकारी गराउँछौं ।

साथै अन्य विभिन्न सरोकारवालाहरुलाई पनि पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी कार्यमा आ आफ्नो ठाउँवाट सक्दो सहयोग गर्न अपिल गर्दछौं ।

संघले निःशुल्क होटल बास र खानाको व्यवस्था लागि ध्यक्ष, लोकनाथ भट्ट (९८५५०१४१८०) र सचीव, कृष्ण कुमार महतो ९८५५०५०६८८ मा सम्पर्क गर्न भनेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख