
दिपक जैसी / सुर्खेत
कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा पहिलाे पटक प्रथम खाना महाेत्सव सुरू भएकाे छ ।
जन मावि पछाडिकाे सडकमा होटेल व्यवसायी संघ सुर्खेत, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायत अन्य सरोकारवालाको संयुक्त आयोजनामा मङ्गलबारदेखि प्रथम सडक खाना महोत्सव सुरु भएको हो ।
प्रदेशलाई प्राङ्गारिक कृषिको आधार तयार गर्दै रैथाने बालीको संरक्षण तथा संवर्धन गर्ने उदेश्यले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खाना महोत्सवको उद्घाटन गर्नुभएकाे थियाे ।
२०७७ माघ ३० गतेको मन्त्रीपरिषद् बैठकले प्रत्येक वर्षको फागुन ६ गतेलाई प्राङ्गारिक कृषि दिवसका रूपमा मनाउने निर्णय भए अनुसार उत्त खाना महोत्सवको आयाेजना गरीएकाे मन्त्रालयले जनाएकाे छ ।
महोत्सवमा कर्णालीका अर्गानिक उत्पादन सामग्रीहरू तथा हाेटलहरूकाे ३० भन्दा वढी स्टल राखिएका छन् ।