२०८१ फाल्गुन १७, शनिबार | २०८१ चैत्र ७ | [email protected]

जाेया पार्टी प्यालेस नेपालगञ्जले वार्षिक ५ जना महिलाकाे नि:शुल्क विवाह गराउने

२०८१ फाल्गुन १७, शनिबार

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७, एम.पि स्कुल राेडमा अवस्थित जाेया पार्टी प्यालेसले सम्पूर्ण खर्च सहित वार्षिक ५ जना महिलाकाे विवाह गराउने भएकाे छ ।

पार्टी प्यालेसका संञ्चालक जमिल अहमद जसगढ ले समाजमा रहेका गरिब,निसहाय वर्गका अविवाहित महिलाहरूकाे लागि जाेया एण्ड फेमिलिद्वारा अतिथि सहायता अन्तर्गत विवाहमा लाग्ने सम्पूर्ण खर्चकाे व्यवस्था सहित वार्षिक ५ जना महिलाहरूकाे विवाह गराउने बताउनुभयाे ।

संञ्चालक जसगढले विवाहमात्रै नभई बरात(जन्ती) काे तर्फबाट २० जना र केटीको तर्फबाट ३० जना परिवारलाई खानाकाे व्यवस्था गर्नुका साथै केटीका आमा बुवा लाई १० हजार नगद समेत हस्तान्तरण गर्ने बताउनुभयाे ।

पार्टी प्याले अतिथि सहायता अन्तर्गत विवाहका लागि एक बेड,गद्दा,ब्लाङ्केट, एक सेट स्टिल दराज,एक सेट ग्यास सिलिन्डर, र चुल्हो, ५ थान सानाठूला डेक्चि, चिया पकाउने सेट,पाँच थान कप, डिनर सेट,सर्वत सेट, स्टिल जग छ पिस स्टिल ग्लास, दुई थान फ्राई पेन, तावा, पंखा,बाथ्रुम सेट दिईने संञ्चालक जसगढले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित ख