
दिपक जैसी
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णाली प्रदेशको अनियन्त्रित बजेट रोक्दै अब पर्यटन क्षेत्रमा टेवा पुग्ने बजेट आउँने बताउनुभएको छ ।
आईतबार नेपाल उद्योग वाणिज्य महासघ कर्णाली प्रदेशकाे आठौँ प्रदेश सभामा बोल्दै मन्त्री अधिकारीले अहिले पर्यटन क्षेत्रमा टुक्रे बजेट बाडिदा त्यसले पर्यटन पूर्वाधारमा विकास नहुने भन्दै आगामी वर्ष देखि अनियन्त्रित बजेटलाई रोक्दै विज्ञहरूको सहभागीमा बजेट निर्माण गरिने बताउनुभयकाे छ ।
मन्त्री अधिकारीले कर्णाली पछाडि परेको नभई पारिएको बताउँदै कर्णाली प्रदेशको पर्यटन विकासमा आफु प्रतिबद्ध रहेको र पर्यटनको प्रवर्द्धनले मानिसलाई नैतिकवान बनाउन तथा रोजगारीमा वृद्धिमा टेवा पुग्ने भएकाले सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्री अधिकारीले कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रर्वद्धनमा सबैले आफ्नोतर्फबाट सहयोग गर्दै आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बनाउन प्रदेश सरकार लागिपरेका बताउनुभयो ।