| २०८२ जेष्ठ २८ | [email protected]

होटल व्यवसायी महासंघ कर्णाली प्रदेशकाे नेतृत्व सर्वसम्मत, अध्यक्षमा तर्क बहादुर शाही चयन

२०८२ जेष्ठ ५, सोमबार

दिपक जैसी

होटल व्यवसायी महासंघ नेपाल कर्णाली प्रदेशकाे अध्यक्षमा तर्क बहादुर शाही सर्वसम्मत चयन हुनुभएकाे छ ।

महासंघको शनिबार सुर्खेतमा भएकाे प्रथम अधिवेशनबाट अध्यक्षमा तर्क बहादुर शाही सहितकाे नेतृत्व सर्वसम्मत चयन गरिएकाे छ ।

महासंघकाे वरिष्ठ उपाध्यक्ष ऐन बहादुर शाही, उपाध्यक्ष भरत राज बम, महासचिव तपेन्द्र बहादुर शाही, सचिव प्रेम बहादुर कार्की, कोषाध्यक्ष विकास सिलवाल चयन हुनुभएकाे छ ।
<यस्तै सदस्यहरुमा धन बहादुर खड्का, राजन खड्का, सविता ढकाल, खगेन्द्र प्रसाद जैसी र जमना खत्री चयन हुनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख