| २०८२ श्रावण १ | [email protected]

भारतमा भएको विमान दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध

२०८२ असार ३, मंगलवार

भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदाबादमा बिहीबार भएको एयर इण्डियाको एआई-१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ ।

जहाजले धावन मार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटना ग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख